National life
cg eloctronics

घरजग्गा कारोबार र कित्ताकाट दुवैमा वृद्धि: चैतमा मात्रै ४९ हजार बढी नयाँ घरजग्गा किनबेच

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
1.3kShares
घरजग्गा कारोबार र कित्ताकाट दुवैमा वृद्धि: चैतमा मात्रै ४९ हजार बढी नयाँ घरजग्गा किनबेच
muktinatha bikash bank

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । घरजग्गा कारोबारबाट सरकारले ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। यो रकम चालु आवको सबैभन्दा बढी मासिक राजस्व हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चैतमा घरजग्गा कारोबार र कित्ताकाट दुवैमा उल्लेख्य वृद्धि  आएको छ। चैत महिनामा मात्रै ४९ हजार ८३२ वटा नयाँ घरजग्गा किनबेच भएका छन् भने कुल कारोबार संख्या १ लाख ४७ हजार ४१६ पुगेको छ। यो संख्याले पुस महिनामा भएको १ लाख ४० हजार ६२१ कारोबारलाई समेत उछिनेको छ। यसअघि कात्तिकमा सबैभन्दा कम, ९७ हजार १९६ कारोबार मात्रै भएको थियो।

everest bank

विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा कुल ११ लाख २५ हजार ३८८ कारोबार भएका छन्। चैतमा मात्र १ लाख २२ हजार ६५८ कित्ताकाट भएका छन्, जबकि भदौमा यो संख्या ६१ हजार ३३२ मात्रै थियो। साउनदेखि चैतसम्मको कुल कित्ताकाट संख्या ८ लाख ६९ हजार ४४० रहेको विभागले उल्लेख गरेको छ ।

गत भदौयता भूउपयोग नीतिका कारण देशभर ६२० पालिकामा कित्ताकाट रोकिएको थियो। नीति संशोधनपछि मात्र पुनः गति लिएको कित्ताकाटले चैतमा नयाँ उत्साह देखाएको हो। चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म घरजग्गा कारोबारबाट ३३ अर्ब २२ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

यस अवधिमा प्रत्येक महिनाको राजस्व संकलन क्रमशः साउनमा ३ अर्ब ८३ करोड, भदौमा ३ अर्ब ९ करोड, असोजमा ३ अर्ब ८ करोड, कात्तिकमा २ अर्ब ७० करोड, मङ्सिरमा ३ अर्ब ८७ करोड, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, र फागुनमा ४ अर्ब १२ करोड रहेको विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?