National life

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी किन्न सस्तो ब्याजमा ऋण सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१८ वैशाख २०८३, शुक्रबार
962Shares
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकलाई घडेरी किन्न सस्तो ब्याजमा ऋण सुविधा
ncell

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि नयाँ सुविधा थप गर्दै घडेरी खरिद कर्जा योजना सार्वजनिक गरेको छ। यसअन्तर्गत कोषमा आबद्ध श्रमिकहरूले अब घडेरी किन्न अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिन सक्ने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर उक्त योजनाबारे जानकारी दिएका हुन्। उनका अनुसार श्रमिकहरूले ६ प्रतिशत ब्याजदरमा तोकिएको प्रक्रिया पूरा गरी कर्जा लिन पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार यसअघि घर तथा शैक्षिक कर्जा प्रदान गर्दै आएको कोषले अब घडेरी खरिदका लागि पनि वित्तीय सहयोग विस्तार गरेको हो।

उनले कोषमा कम्तीमा १८ महिनासम्म नियमित रूपमा योगदान गरेका श्रमिकहरूले आफ्नो योगदानको आधारमा यो सुविधा उपयोग गर्न सक्ने बताए। योगदानको स्तरअनुसार अधिकतम १ करोड ५० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको उनले जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
962SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?