National life

घर घडेरी किन्नेहरूको सङ्ख्यामा वृद्धि, वाणिज्य बैंकहरुले गरे ३ खर्ब बढी प्रवाह, कुनले कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ चैत २०८१, शुक्रबार
675Shares
घर घडेरी किन्नेहरूको सङ्ख्यामा वृद्धि, वाणिज्य बैंकहरुले गरे ३ खर्ब बढी प्रवाह, कुनले कति ?
ncell

काठमाडौँ । बैंकहरुले दिने ब्याजदरमा कमी आएसँगै कर्जा लिएर घर घडेरी किन्नेहरूको सङ्ख्यामा सुधार आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म व्यक्तिगत घर कर्जामा वाणिज्य बैंकहरुले झन्डै साढे ४ प्रतिशत वृद्धि गरेका छन् ।

चालु आवको माघ मसान्तसम्म आइपुग्दा २० वटा बैंकहरुले घर कर्जामा ३ खर्ब १८ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा ४.३६ प्रतिशत बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा १२ वटा बैंकले व्यक्तिगत घर कर्जा बढाएका छन् । भने ८ वटा बैंकले घटाएको तथ्यांकमा उल्लेख छ । कर्जा बढाउनेमा सिद्धार्थ बैंक पहिलो स्थानमा छ । एक वर्षको अवधिमा बैंकले व्यक्तिगत आवासीय घर कर्जा २९.१५ प्रतिशत बढाएको छ।

गत आवको माघ मसान्तसम्म बैंकले १० अर्ब ४३ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। तर, चालु आवको सोही अवधिमा भने ३ अर्ब ४ करोड १७ लाख रुपैयाँ बढेर १३ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, ग्लोबल आइएमईले सोही शीर्षकमा ३७ अर्ब ८४ करोड १४ लाख रुपैयाँ कर्जा दिएको छ । यो गत आवको तुलनामा भने २८.१७ प्रतिशत बढी हो। यस्तै, क्रमशः सानिमा बैंकले २७.३३ प्रतिशत, कृषि विकासको २३.०५ प्रतिशत, कुमारी बैंकको २१.६५ प्रतिशत, राष्ट्रिय वाणिज्यको १९.४० प्रतिशत, नबिलको १३.३८, स्ट्याण्र्ड चार्टर्डको ११.२२ र एनएमबिको ११.२० प्रतिशत वृद्धि भएको छ ।

राष्ट्रबैंकको तथ्यांकलाई आधार मानेर हेर्दा अधिकांश बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जा दोहोरो अंकमा बढाएका छन्। हाल बैंकहरुले व्यक्तिगत आवासीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाउने राष्ट्रको व्यवस्था छ । राष्ट्र बैंकका अनुसार सिटिजन बैंकले व्यक्तिगत आवासीय घर कर्जा ७.८२ प्रतिशत, प्राइमको ६.०७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.८१ प्रतिशत वृद्धि भएको छ।

समीक्षा अवधिमा ८ वटा बैंकले भने व्यक्तिगत आवासीय घर कर्जा घटाएका छन् । घटाउने मध्येमा नेपाल बैंक अग्रभागमा रहेको छ । गत वर्षको तुलनामा नेपाल बैंकको यस्तो कर्जा २१.१३ प्रतिशत घटेर ७ अर्ब ३ करोड १८ लाख रुपैयाँ कायम भएको छ ।

साथै, एनआइसी एशिया बैंकले यस्तो कर्जा घटाएर १६.०६ प्रतिशत अर्थात् ५१ अर्ब ६४ करोड ४ लाख रुपैयाँ कायम भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत घर कर्जा ११.९६ प्रतिशत, हिमालयन बैंकको ९.८५ प्रतिशत, लक्ष्मी सनराइजको ७.९९ प्रतिशत, प्रभूको ५.६८ प्रतिशत, माछापुच्छ्रे १.६२ प्रतिशत र एभरेष्टको १.२२ प्रतिशत घटेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
675SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?