National life

अप्पर तामाकोशीले अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
667Shares
अप्पर तामाकोशीले अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने
ncell

काठमाडौं । अप्पर तामाकोशीले अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्ने भएकाे छ । अप्पर तामाकोशीको ७० प्रतिशतभन्दा बढी हकप्रद शेयरका लागि आवेदन नपरेपछि कम्पनीले उक्त अवितरित हकप्रद शेयर लिलामीबाट बिक्री गर्ने भएको हाे ।

कम्पनीले हकप्रद शेयरको म्याद थप्दासमेत प्रयाप्त मात्रामा आवेदन नपरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । जसमध्ये ७ करोड ५० लाख २७ हजार ३४४ कित्ता शेयरका लागि आवेदन नपरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?