काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड गरेकाे छ । कम्पनीले अवितरित १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको हाे ।
यस अघि जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर साउन २२ गतेदेखि २९ गतेसम्म विक्री गरी भदौ ८ गते बाँडफाँड गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर विक्री प्रक्रिया पुरा गरेको हो ।
सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ पुगेको छ ।


































