National life

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
715Shares
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर भर्ने आज अन्तिम दिन
ncell

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले जेठ २२ गतेदेखि निष्काशन तथा विक्री गरेको हकप्रद शेयरमा आजसम्म आवेदन दिने सकनेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शेयरमा असार १० गतेसम्म आवेदन दिने अन्तिम दिन भएता पनि उक्त अवधिमा कम्पनीको शेयर सबै विक्री नभएकाले ठिलो अवधि आज असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २७ गते बुक क्लोज गरेको थियो। यस अनुसार बैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले उक्त हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?