National life

हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
720Shares
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर बिक्रीमा
ncell

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले आज साउन २२ गतेबाट कुल १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हाे ।

कम्पनीले गत जेठ २२ गतेदेखि असार २५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो । त्यतिबेला कम्पनीले चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख २० कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिक्रीमा राखिएको सेयर न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले काठमाण्डौको नयाँबानेश्वरस्थित लक्ष्मी क्यापिटल मार्केट, लक्ष्मी सनराइज बैंकका शाखाहरु क्रमशः विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणघाट, पोखरा, बागलुङ, बुटवल, नेपालगन्ज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म तोकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
720SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?