National life

नेशनल हाइड्रोपावरको हकप्रद शेयर बिक्रीमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
1.2kShares
नेशनल हाइड्रोपावरको हकप्रद शेयर बिक्रीमा
ncell

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज (भदौ १३ गते)देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको हाे ।

कम्पनीले १० बराबर ५ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर, साउन ३० गते बाँडफाँट गरेको थियो ।

कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता शेयर लिलाम बिक्री गर्न लागेको हो । सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?