National life

धितोपत्र बोर्डको बागडोर अब कसले समाल्ला ? यी हुन् अध्यक्षका सम्भावित दावेदार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ पुस २०८०, बिहिबार
582Shares
धितोपत्र बोर्डको बागडोर अब कसले समाल्ला ? यी हुन् अध्यक्षका सम्भावित दावेदार
ncell

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पुर्व अध्यक्ष रमेश हमाल आफ्नो २१ महिने कार्यकाल यही पुस २० गते सकिएर बिदा भैसकेका छन् । हमालको बिदाई भएसँगै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बागडोर अब कसले समाल्ला ? भनेर बजारमा व्यक्ति विशेषलाई जोडेर बहस हुन थालेको छ।

यस अघि २०७८ सालमा बोर्डको अध्यक्ष पदका लागि १५ जनाले आवेदन पेश गरेका थिए। तर अहिले बाहिर बजारको प्रचारमा ६ ,७ जना भन्दा बढीको नाम सुनिएको छैन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यदपि,भित्रि रुपमा लबिङ्ग गर्नेको सङ्ख्या पनि ठुलै छ।

नयाँ स्टक एक्स्चेन्ज सञ्चालनको अनुमतिको पर्खाइमा बसेका व्यावसायिक घरानाका टकरावका कारण बोर्डको अध्यक्ष पदका लागि ठुलै चलखेल हुने सम्भावना बढेर गएको देखिन्छ । स्रोतका अनुसार नयाँ स्टक एक्स्चेन्ज सञ्चालनको अनुमतिका लागि आवेदन दिएका ३ ठुला कम्पनी हिमालयन स्टक, नेशनल स्टक र अन्नपूर्ण स्टकले लाइसेन्स हत्ताउनका लागि आफु निकटका एसम्यान अध्यक्ष ल्याउनका लागि विभिन्न व्यक्तिहरुलाई अगाडी सारेर छलफल चलाइरहेका छन्। उनीहरु कुनै पनि हालतमा लाइसेन्स लिने दाउमा छन्। यी कारणले गर्दा पनि यो पालि बोर्डको अध्यक्षको लागि कसको सम्भावना बढी छ अहिले नै भन्न सकिने अवस्था छैन्।

आफु निकटका एसम्यान अध्यक्ष ल्याउनका लागि विभिन्न व्यक्तिहरुलाई अगाडी सारेर छलफल चलाइरहेका छन्

मार्केटमा अहिले अध्यक्ष बन्न बाहिरी माहोल बनाइरहेका मध्ये तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद , नेप्सेको अहिलेका जीएम कृष्ण कार्की, राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी डा. गोपाल भट्ट, यस्तै बोर्डकै पहिलो नम्बरका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तेस्रो नम्बरका कार्यकारी मुक्तिनाथ श्रेष्ठ र चौथो नम्बरका कार्यकारी कृष्णराज पोखरेलको नाम चर्चामा आएको छ । त्यस्तै अध्यक्षका लागि बोर्डका पुर्व कार्यकारी निर्देशक निरज गिरीको नाम पनि चर्चामा छ तर उनले बाहिरी रुपमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। यस बीचमा हमालको नाम पनि आएको छ। तर हमालले भने आफू पुन अध्यक्ष पदको दावेदार नभएको बताउँदै आएका छन्।

अहिले चर्चामा आएका आकांक्षी मध्य चिरञ्जीवी चापागाईं नेकपा ( माओवादी) केन्द्रनिकट मानिन्छन्। कृष्णबहादुर अर्थमन्त्री हुँदा चापागाईंलाई तत्कालीन बीमा समितिको अध्यक्ष बनाएका थिए। स्रोतका अनुसार चापागाईंलाई नयाँ लाइसेन्स लिने प्रक्रियामा रहेका समुहको पनि सहयोग रहेको छ। हाल माओवादीले नै सरकारको नेतृत्व गरिरहेको र नेपाली काँग्रेस सँग पनि राम्रै सम्बन्ध बनाएका कारण चापागाईंको पनि सम्भावना बलियो देखिएको जानकारहरुले बताएका छन्। त्यस्तै बोर्डकै चौथो नम्बरका कार्यकारी कृष्णराज पोखरेल पोखरेल र नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशकबाट अवकाश पाएका डा.गोपाल भट्ट पनि प्रतिस्पर्धीका रूपमा देखिएका छन् । भट्टले स्टक मार्केटमा विद्यावारिधि गरेका छन्। भट्ट कांग्रेस निकट मानिन्छन् ।

नयाँ स्टक एक्स्चेन्ज सञ्चालनको अनुमतिको पर्खाइमा बसेका व्यावसायिक घरानाका टकरावका कारण बोर्डको अध्यक्ष पदका लागि ठुलै चलखेल हुने सम्भावना

यसबाहेक प्रतिस्पर्धीका रूपमा नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठको नाम पनि अध्यक्षको दावेदारको लागि आएको छ। यस्तै नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का पूर्वप्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि अध्यक्ष पदका लागि इच्छा देखाएका छन्। साउद नेपाली काँग्रेस निकट मानिन्छन्।

यस अघि अर्थ मन्त्रालयले २०७८ पुस १५ मा अध्यक्ष पदको लागि आवेदन माग गर्दा १५ जनाले आवेदन दिएका थिए। त्यतिबेला आवेदन दिनेहरू डा.गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरञ्जीवी चापागाईं, डा.नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेशकुमार हमाल, सीताराम थपलिया, डा.केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल थिए।

बोर्ड अध्यक्ष छनोट समिति राष्ट्रिय योजना आयोगका सम्बन्धित सदस्य संयोजक रहने तथा अर्थसचिव र विज्ञ सदस्य रहने प्रावधान छ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?