National life

धितोपत्र बोर्डमा कम योग्यता भएका व्यक्तिलाई ग्राहयता दिएको भन्दै अख्तियारमा उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असार २०८१, सोमबार
728Shares
धितोपत्र बोर्डमा कम योग्यता भएका व्यक्तिलाई ग्राहयता दिएको भन्दै अख्तियारमा उजुरी
ncell

काठमाडौं । आर्थिक क्षेत्रमा अहिले एउटा विषय खुबै चर्चामा छ । त्यस्तो विषय नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष पदमा को पुग्ने हो ? भन्नेसँग सम्बन्धित छ । तर,योग्यता नपुगेका व्यक्तिलाई प्राथमिकता दिएको भन्दै चर्को आलोचना समेत भइरहेको अवस्था छ ।

एक उजुरीकर्ताले आर्थिक क्षेत्रमा पर्ने सक्ने जोखिम रोकथामका लागि उजुरी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तो छ उजुरी जस्तोको त्यस्तै

मितिः २०८१।०३।०२

श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं ।

बिषयः– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा सेटिङ गरिएको बारे ।

महोदय,

म एक स्वतन्त्र नेपाली नागरिक हुँ । मैले पाएको सूचना राज्यका लागि महत्वपूर्ण हुने ठानेर भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेश गरेको छु ।

नेपाल धितोपत्र बोर्ड पुँजि बजार सम्बन्धी नियामक निकाय हो । पुँजि बजार सम्बन्धी नियामक निकायमा अध्यक्ष नियुक्तीका लागि दलीय सहमति गरी घुस सेटिङमा तुलनात्मक रुपमा कम योग्यता भएको व्यक्तिलाई छनौट गर्ने तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनको लागि मिति २०८०।१२।२५ गते पाँच जनाको सर्टलिष्ट सार्वजनिक गरिएको छ । सो सर्टलिष्टको पाँचौं नम्वरमा नाम भएका व्यक्तिको छनौट शंकास्पद छ । कूल १९ जना आवेदक मध्येबाट योग्यता नै नपुग्ने सन्तोषनारायण श्रेष्ठको छनौट मापदण्ड अनुसार हुनै सक्दैन ।

पाँच जनाको सर्टलिष्ट प्रकाशित गर्दा अध्यक्ष छनौट समितिमा संयोजकका रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, सदस्यका रुपमा तत्कालिन अर्थ सचिव कृष्णहरि पुस्कर र विज्ञ सदस्यको रुपमा उदय निरौला थिए । उक्त छनौट समितिले १९ जना आवेदक मध्ये सबैभन्दा कम योग्यता भएको सन्तोष नारायण श्रेष्ठलाई पाँचौं नम्वरमा समावेश गरेका छन् । अध्यक्ष छनौट कार्यविधि अनुसार शैक्षिक योग्यता अनुभव आदिका आधारमा उक्त सर्टलिष्ट त्रुटीपूर्ण र नियतबस सन्तोषनारायण श्रेष्ठलाई अध्यक्ष बनाउने पूर्वयोजना अनुसार तयार पारिएको छ ।

अब उक्त अध्यक्ष पदमा पाँच जना प्रतिस्पर्धीसँग मिति २०८१।०३।२ गते अन्तर्वार्ता (प्रस्तुतीकरण) लिइनेछ । अध्यक्ष छनौट समितिले पाँच जना मध्येबाट तीन जनाको नाम छनौट गर्दा पहिलो नम्वरमा डा. नबराज अधिकारी, दोस्रो नम्वरमा कृष्ण बहादुर कार्की वा चिरञ्जीवी चापागाई मध्येबाट एक जना तेस्रो नम्वरमा सन्तोष नारायण श्रेष्ठको नाम समावेश गरी सरकारलाई सिफारिस गर्ने योजना बनाइएको छ ।

मन्त्रिपरिषदको बैठकमा उल्लेखित तीन जनाको नाम पेश हुँदा उत्कृष्ट भन्दा पनि सेटिङमा सिफारिस भई आएको नाम सन्तोषनारायण श्रेष्ठको नाम मन्त्रिपरिषदबाट स्वीकृत हुने गरी सेटिङ मिलाइएको छ । सो कार्यका लागि प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र नेकपा एमालेका नेता केपी ओलीका बीचमा सहमति भएको चर्चाहरु बाहिर आइरहेको छ ।

घुस लेनदेनको रकम थाहा नभएको र तर को अध्यक्ष नियुक्ती गरिँदैछ भन्ने पूर्व सूचना बाहिर आइसकेको सन्दर्भमा अध्यक्ष छनौट समितिले लिने परिक्षाको निष्पक्षतामाथि प्रश्न चिन्ह उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिक्षा लिने छनौट समितिबाट सम्पादन भएका कार्यहरुको अनुसन्धानबाट आयोग हुनेछ भन्ने विश्वास लिएको छु ।

१९ जना मध्ये सबैभन्दा कम योग्यता भएका सन्तोषनाराण श्रेष्ठलाई अध्यक्ष बनाउन हाल पाइपलाइनमा रहेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स पाउने हिमालयन स्टक एक्सचेन्जका सञ्चालक सुलभ अग्रवालले सेटिङ गरिरहेका छन् । सन्तोषनारायण श्रेष्ठले आफू अध्यक्ष भएर पदभार सम्हाल्ने वित्तिकै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने र सो लाइसेन्स हिमालयन स्टक एक्सचेन्जलाई दिनेछन् । अतः उल्लेखित विवरण र पूर्व सूचनाहरु संग्रह गरी तथ्य र सत्यको आधारमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया र यस घटनासँग जोडिएको श्रृंखलाहरुमाथि छानविन गर्नुहुन अनुरोध छ ।

निवेदक

अभिषेक आचार्य

 

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?