काठमाडौँ । २०८० पुस २० पछि नेतृत्वविहीन बनेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि ३ जना अन्तवार्ताको छनोट सुचीमा परेका छन् ।
छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मङ्सिर ९ गतेका लागि अन्तरवार्तामा बोलाइएको छ ।
यसअघि असोज १८ गते अन्तरवार्तामा बोलाइए पनि अन्तिम समयमा अर्थ मन्त्रालयले विशेष कारणवश भन्दै अन्तवार्ता रोकेको थियो ।
यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो ।
नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको थियो ।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आन्तरिक आदेश दिएपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेको हो ।



































