काठमाण्डौ। प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ।
बिहीबार एक समारोहकाबीच प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लालले हस्ताक्षर गरेका छन्।
बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ।
ग्राहकहरुको रोजाईमा अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैँक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।


































