National life

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम यूपीआई सेवा सुरु, भारतीय नागरिकलाई भुक्तानी गर्न सहज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
745Shares
मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम यूपीआई सेवा सुरु, भारतीय नागरिकलाई भुक्तानी गर्न सहज
ncell

काठमाडौं। प्रभु बैंकले मुस्ताङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरपरिसरमा भीम यूपीआई सेवा सुरु गरेको छ। उक्त सेवाको शुक्रबार एक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

उक्त सेवाको सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य किनमेलमा समेत भुक्तानी गर्न सक्ने भएका छन् ।

यो सेवाले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सही भुक्तानी गर्ने सुविधा पुगेको, साथै नेपाल–भारत वित्तीय सम्बन्ध पनि थप सुदृढ बन्ने विश्वास गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, यो सेवामार्फत क्रस-बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ । यसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीले भीम यूपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशितालाई बलियो बनाउने उल्लेख गरे। उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?