National life

मेटलाइफको नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक: एक घण्टामै १०० भन्दा बढी पोलिसी बुक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ वैशाख २०८२, सोमबार
981Shares
मेटलाइफको नयाँ बीमा योजना ‘डबल प्रोटेक्सन प्लस’ सार्वजनिक: एक घण्टामै १०० भन्दा बढी पोलिसी बुक
ncell

काठमडौं । मेटलाइफ नेपालले ‘डबल प्रोटेक्सन प्लस’ नामक नवीनतम बीमा योजना सार्वजनिक गर्दै नेपाली बीमा क्षेत्रमा नयाँ अध्यायको थालनी गरेको छ। उच्च सुरक्षा र स्मार्ट बचत सुविधा एउटै योजनामा समेटिएको यो योजना नेपालमा पहिलोपटक ल्याइएको यस्ता प्रकारको बीमा हो।

शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत योजना सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको एक घण्टामै १०० वटा बीमा पोलिसी बुक हुनु स्वयं ग्राहकको उत्साह र मेटलाइफप्रतिको विश्वासको प्रमाण बनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस योजनामार्फत ग्राहकले दोब्बर बीमा सुरक्षा, लचिलो प्रिमियम भुक्तानी विकल्प र आकर्षक दीर्घकालीन बचत सुविधा पाउने छन्। ग्राहकले एकमुष्ट, पाँच वा दश वर्षका लागि प्रिमियम तिर्न सक्ने छनोट गर्न सक्छन्। यो योजना १८ देखि ६५ वर्ष उमेर समूहका लागि उपलब्ध छ र ७५ वर्षसम्मको बीमा सुरक्षा सुनिश्चित गर्दछ।

‘डबल प्रोटेक्सन प्लस’ को मुख्य विशेषता भनेको बीमा अवधि अवधिमा मृत्यु वा पूर्ण अपाङ्गता भएमा बीमाङ्क रकमको दोब्बर भुक्तानी गरिनु हो। साथै, बुस्टर फन्ड लाभ अन्तर्गत मेटलाइफको सेग्रेगेटेड फन्डको प्रतिफलअनुसार वार्षिक भुक्तानी पाइन्छ भने लयाल्टी रिवार्ड लाभ अन्तर्गत हरेक पाँच वर्षको अन्त्यमा अतिरिक्त लाभ प्रदान गरिन्छ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले कार्यक्रमका क्रममा भने, “हामी नेपाली परिवारलाई मानसिक शान्ति र आर्थिक सुरक्षा दिन चाहन्छौं। यो योजना त्यसतर्फको हाम्रो प्रतिबद्धताको मूर्त रूप हो।” योजना सार्वजनिक भएको प्रारम्भिक प्रतिक्रिया हेर्दा यो निकट भविष्यमा नेपालको सबैभन्दा भरपर्दो सुरक्षा र बचत योजना बन्ने अनुमान गरिएको छ।

मेटलाइफको सहायक कम्पनीको रुपमा (NYSE:ET) राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

यो समाचार शेयर गर्नुहोस्
981SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?