National life

प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी, वुलिङ बिङ्गो ईभीमा फाइनान्सिङ सुविधा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
584Shares
प्यारामाउन्ट मोटर्स र नबिल बैंकबीच साझेदारी, वुलिङ बिङ्गो ईभीमा फाइनान्सिङ सुविधा
ncell

नेपालमा विद्युतीय गाडी वुलिङको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले आफ्ना समस्त ग्राहकहरूलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको छ । वुलिङ बिङ्गो ईभीमा रुचि राख्ने नेपाली ग्राहकहरूको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

यो साझेदारीसँगै वुलिङ बिङ्गो ईभी परिवारमा सामेल हुन चाहने ग्राहकहरूले अब नबिल बैंकको उत्कृष्ट वित्तीय सुविधाहरूबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ, जसमा सात वर्षसम्मको फ्लटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउनेछन् ।

त्यस्तै, ग्राहकहरूले ५ वर्षका लागि ९.९९ प्रतिशत र ७ वर्षका लागि १०.४९ प्रतिशतका स्थिर ब्याजदरहरू, वा आधार दर + प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याजदर (१-३ प्रतिशतको प्रिमियम र अघिल्लो तीन महिनाको औसत आधारदर) बीच छनोट गर्न सकिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार, बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्नेछ, जसको वित्तीय सीमा २५ लाख रुपैयाँ रहेको छ । अटो लोनको अवधि बैंकको नीतिअनुसार स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्नेछ ।

प्यारामाउन्ट मोटर्स प्रालिका प्रवक्ता भन्छन्, 'हामी हाम्रा ग्राहकहरूलाई वुलिङ बिङ्गो ईभीका लागि सहज र सुलभ वित्तीय सुविधाहरू प्रदान गर्न नबिल बैंकसँग साझेदारी गर्न पाउँदा हर्षित छौंँ । नेपालमा विद्युतीय गतिशीलता प्रवर्द्धन गर्न र वुलिङ बिङ्गो ईभीलाई सबैका लागि पहुँचयोग्य बनाउने हाम्रो मिसनमा यो सहकार्य एउटा कोसेढुङ्गा हो ।'

चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरू उत्पादन गर्ने काम गरेको थियो । १९८० को दशकमा मित्सुबिसीसँग साझेदारी गर्दै वुलिङ कम्पनी गाडी उत्पादनमा प्रवेश गरेको हो ।

सन् २००२ मा एसएआईसी–वुलिङ संयुक्त उद्यम स्थापना भएको थियो, जसले वुलिङ होङग्वाङ एमपीभी र होङग्वाङ मिनी ईभीको सफल नेतृत्व गर्‍यो । सन् २०२० देखि २०२२ सम्म विश्वको सबैभन्दा धेरै बिक्री हुने सानो इलेक्ट्रिक कारको रूपमा ख्याति कमाएका यी गाडीहरू २०२३ को सुरुवातमा १.१ मिलियनभन्दा बढी बिक्री भएका थिए । आज वुलिङले गुआङ्क्सी अटोमोबाइल समूहअन्तर्गत बिजुली र जीवाश्म इन्धन एसयूभी, एमपीभी, पिकअपहरू र व्यावसायिक सवारीसाधनहरू उत्पादन गर्ने गर्छ ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?