बिजय फुयाँल
काठमाडौं। कुनै समय विद्युत प्राधिकरणलाई बक्यौता बुझाउँन बाँकी भनेर खबर सार्वजनिक भएको सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले अब बैंकको कर्जा तिर्न आइपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र स्थानियलाई शेयर बाँडफाँट पनि गरिसकेको छ । अब यसले आज असोज १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दैछ ।
केही वर्ष अघिमात्रै विद्युतको रकम पनि बुझाउन नसकेको यस सोनापुरलाई प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति दिने धितोपत्र बोर्डलाई पनि प्रश्न गर्ने ठाउँ देखिएको छ ।
त्यसमाथि यस कम्पनीले कर्जा तिर्नका लागि भनेर नै आइपीओ जारी गर्न लागेको विवरण पत्रमा उल्लेख गरेको छ । कम्पनीहरुले आम्दानीमा गिरावट आउन लागेपछि प्रिमियममा आइपीओ ल्याउन र सो बापतको रकम लाभांश वितरण गरेर संस्थापक बाहिरिने पवृति नेपालमा पहिला देखिनै छ ।
आइपीओ जारी गरेको ३ वर्षपछि लकिङ पिरियड खुला भएपछि संस्थापकले शेयर बिक्री गरेर बाहिरिन पनि पाउँछन् । यस्तो हुँदा हुँदैपनि नियामकले यस्ता कम्पनीहरुलाई प्रिमियममा आइपीओ जारी गर्न दिनु कतिको उचित हो ?
त्यसो त, नियम अनुसार ३ वर्ष नाफामा रहेका कम्पनीले प्रिमियममा आइपीओ बिक्री गर्न पाउँछन् । त्यसैले पनि पहिला घाटामा रहेको यस कम्पनी ३ वर्षदेखि भने नाफामा छ ।
हाल सिमेन्ट कम्पनीहरुले प्रिमियममा आइपीओ ल्याउने चलन जस्तै चलेको छ । व्यापार होस् वा नहोस् कागजपत्र पुर्याइयो भने बोर्डले पनि सहजै अनुमति दिन्छ ।
यस अघि आइपीओ बिक्री गरेको घोराही सिमेन्टको शेयर बिक्री हुन धौधौ नै परेको थियो । कारण थियो महँगो मूल्यमा शेयर जारी गर्नु । त्यसो त, सोनापुरको पनि बिक्री हुनेमा आशंका व्यक्त गर्ने ठाउँ धेरै छन् ।
स्थानीयले यसको आइपीओ बहिस्कार गरेका छन् । पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको थियो ।
सो शेयरमा स्थानिय बासिन्दाहरुले १ लाख ३४ हजार ५२० कित्ताका लागि मात्र आवेदन दिएका थिए । बाँकी १४ लाख ३ हजार ५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने भएको हो ।
दोस्रो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कर्जा तिर्न प्रयोग हुनेछ आइपीओबाट प्राप्त गरेको रकम
कम्पनीले १ अर्ब रुपैयाँ विभिन्न बैंकको कर्जा तिर्न प्रयोग गर्ने जनाएको छ । बाँकी रकम भने उत्पादन क्षमता वृद्धि परियोजनाको लगायतका दायित्वहरुको भुक्तानी गर्न प्रयोज गरिने जनाएको छ । कम्पनीहरुले आइपीओ लगानी विस्तार गर्न जारी गर्छन् । तर यसले भने उक्त रकम बैंकको कर्जा तिर्नमा पर्योग गर्ने जनाएको छ ।


आर्थिक वर्ष २०७६–७७ मा दीर्धकालिन बैंक ऋण २ अर्ब ९८ करोड ५३ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा ३ अर्ब ३१ करोड ९२ लाख थियो । यता, आर्थिक वर्ष २०७८–७९ मा आइपुग्दा उक्त कर्जा बढेर ३ अर्ब ७० करोड पुगेको छ । यसको नाफा, सञ्चालन आम्दानी घटेपनि कर्जा भने बढ्दै गएको देखिन्छ ।
नाफामा देखिएन आकर्षण, ३ वर्षदेखि छैन शेयरधनीलाई लाभांश
यस कम्पनीले गत आर्थिक वर्ष १४ करोड ३९ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष ११ करोड ९३ लाख, आर्थिक वर्ष २०७७–७८ मा २९ करोड ७७ लाख, आर्थिक वर्ष २०७६–७७ मा १९ करोड ९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । पछिल्ला वर्षहरुको वित्तीय विवरण अनुसार यसको नाफा तथा आम्दानीमा तीव्र गिरावट देखिएको छ ।
प्रतिशेयर आम्दानी
गत वर्षको वित्तीय रिपोर्ट अनुसार यसको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८० पैसा रहेको छ । अघिल्लो वर्ष ६ रुपैयाँ ४७ पैसा थियो । त्यस्तै, आर्थिक वर्ष २०७७–७८ मा १६ रुपैयाँ १४ पैसा, आर्थिक वर्ष २०७६–७७ मा १० रुपैयाँ ३५ पैसा रहेको थियो । पछिल्ला वर्षको तुलनामा यसको प्रतिशेयर आम्दानी पनि घट्दो छ ।
कम्पनीको सञ्चालन आम्दानी पनि घट्दो, वित्तीय लागतमा देखियो वृद्धि
कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षहरुमा घट्दो छ । आर्थिक वर्ष २०७६–७७ मा यसले २ अर्ब ६६ करोड ९० लाख, आर्थिक वर्ष २०७७–७८ मा २ अर्ब ९२ करोड, आर्थिक वर्ष २०७८–७९ मा २ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, गत वर्ष १ अर्ब ७७ करोड ५२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको देखिएको छ । तथ्यांक अनुसार कम्पनीको सञ्चालन आम्दानीमा ठूलो गिरावट देखिएको छ ।
यता, यसको वित्तीय लागत भने हरेको वर्ष बढ्दै गएको छ । सोनापुरको वित्तीय लागत आर्थिक वर्ष २०७७–७८ मा १८ करोड ८१ लाख, आर्थिक वर्ष २०७८–७९ मा २० करोड २० लाख र गत वर्ष २३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको आम्दानी घट्दै जानु र वित्तीय लागत बढ्दै जानु राम्रो नरहेको जानकारहरु बताउँछन् । यसको कुल लागत भने ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

करिब ८० करोड ७७ करोड २५ लाख रुपैयाँ बराबरको ब्याजलाई पूँजीकरण

अस्वभाविक प्रक्षेपन



































