National life

आईपीओ निष्कासनबारे भ्रमपूर्ण र गलत सूचना प्रवाह गरियो :घोराही सिमेन्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
558Shares
आईपीओ निष्कासनबारे भ्रमपूर्ण र गलत सूचना प्रवाह गरियो :घोराही सिमेन्ट
ncell

घोराही सिमेन्ट इन्डष्ट्रिले आईपीओ निष्कासनका सम्बन्धमा कम्पनीबारे अनर्गल प्रचार भएको बताएको छ । कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने बदनियतपूर्ण उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको उद्योगले विज्ञप्तिमार्फत बताएको हो ।

विज्ञप्तिमा शेयर निष्कासन हुनुभन्दा अघि नै कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्डलगायत विभिन्न नियामक निकायहरुको पूर्ण सहभागीता रहने र सो प्रक्रियामा उद्योगबाट पेश भएका पत्र, वित्तीय विवरण तथा रेटिङ प्रतिवेदनलगायतका कागजात तथा विवरणको जिम्मेवारी लिन कम्पनी तयार रहेको समेत जनाएको छ ।

‘शेयरको सार्वजनिक निष्कासन हुनुभन्दा पहिले कम्पनी रजिस्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरूको पूर्ण सहभागिता रहेको हुन्छ । निष्कासनको अनुमति प्राप्त गर्ने सन्दर्भमा उद्योगबाट पेस भएका विवरण पत्र, वित्तीय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरूको जिम्मेवारी लिन उद्योग सदैव तत्पर छ’, विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र बोर्डद्वारा स्वीकृत भए पश्चात् निष्कासन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरू, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रक्रिया सम्पन्न गरी शेयर बाँडफाँड भइसकेको अवस्था छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सर्वसाधारणको लागि खुला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्कासन प्रक्रियामा अवरोध उत्पन्न हुन पुगेको छ । सार्वजनिक निष्कासन स्थगन गर्ने पत्रमा घोराही सिमेन्टलाई बोधार्थ मात्र दिइएको छ ।’

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु, कम्पनीका कर्मचारी र म्युचुअल फण्डलाई शेयर बाँडफाँट गरिएको र सर्वसाधारणका लागि खुला भएको समयको चौथो दिनको कार्यको अन्तिम समयमा स्थगतको निर्णयले शेयर निष्कासको प्रक्रियामा अवरोध सिर्जना भएको कम्पनीको धारणा छ ।

झुठा आवेदनको सम्बन्धमा कानून बमोजिम प्रक्रिया अबलम्बन गरी तत्काल रोकिन गएको शेयरको सार्वजनिक निष्कासको प्रक्रिया सुरु हुनेमा समेत कम्पनी विश्वस्त रहेको विज्ञप्तिमा बताइएको छ।

कम्पनीले स्वदेशी लगानीकर्ताहरूबाट प्रवद्र्धित देशकै ठुलोमध्ये एक उद्योगलाई निरुत्साहित गर्न खोजिएको भन्दै आपत्ति पनि जनाएको छ । यस कार्यमा लगानी विरोधी समूह संलग्न रहेको भन्दै सिमेन्टले सो समूहबाट प्रायोजित कार्य तथा समाचारप्रति खेद व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
558SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?