काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिन नै ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।
मंगलबार (फागुन २७ गते) साँझ ५ः५ बजेसम्ममा ४ लाख ९८ हजार १६१ जना सर्वसाधारण आवेदकहरूले ६१ लाख ७३ हजार ६२० कित्ताका लागि माथि उल्लेखित संख्या बराबरको आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ।
https://aarthikvoice.com/archives/58453
यो आवेदन मागभन्दा ४.१८ गुणा बढी हो।
त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।


































