काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो ।
जस अनुसार संस्थापक समूहको १२ लाख ८५ हजार ४१, सर्वसाधारण समूहको लक इनमा रहेको १ लाख ६५ हजार ९५६ र सर्वसाधारण समूहको लक इनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो।
प्रारम्भिक तथ्यांक अनु्सार लकइनमा रहेको संस्थापक समूहको सेयरको न्यूनतम २६५ रुपैयाँ, लक इनमा रहेको सर्वसाधारण समूहको २७० रुपैयाँ र लक इनमा नरहेको सर्वसाधारण समूहको सेयरको १११ रुपैयाँ (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् ।



































