National life
cg eloctronics

नेपाल धितोपत्र बोर्डको यस्ता छन् आगामी लक्ष्य तथा प्राथमिकता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२५ जेठ २०८०, बिहिबार
892Shares
नेपाल धितोपत्र बोर्डको यस्ता छन् आगामी लक्ष्य तथा प्राथमिकता
muktinatha bikash bank

काठमाडौं । पुँजिबजारको नियामकिय निकाय नेपाल धितोपत्र बोर्डले ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख अतिथ्यतामा बोर्डले ३१औं वार्षिकोत्सव भव्यताका साथ मनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कार्यक्रममा अर्थमन्त्री महतले पुँजिबजारमा देखिएका समस्यालाई निराकरण गर्न निर्देशन समेत दिएका छन् ।

बोर्डले बार्षिकोत्सवको अवसरमा सार्वजनिक गरेको विशेषाङ्गमा आगामी लक्ष्य तथा प्राथमिकता प्रकाशित गरेको छ ।

यस्ता छन् बोर्डका आगामी लक्ष्य तथा प्राथमिकता

१) धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी आईओएससीओको मापदण्ड अनुरूपको बनाउँदै लैजाने ।

२) लगानीकर्ताहरूको हक हित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई कारवाहीको दायरमा ल्याउने ।

everest bank

३) बोर्डबाट सम्पादन गरिने कार्यहरूलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाई छिटोछरितो सेवा प्रवाह गर्ने एवं विद्यमान जनशक्तिको क्षमता विकासका लागि उच्चस्तरीय तालिम प्रदान गर्ने साथै भौतिक पूर्वाधार विकास गर्ने ।

४) विश्वस्तरीय प्रविधि एवं प्रविधि संचालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई एआईमा आधारित रेगटेक मार्फत चुस्त दुरुस्त बनाई बजारमा चलखेल एवं अनुचित कृयाकलापलाई निरूत्साहन गर्ने ।

५) बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेश भएका निवेदनहरूलाई मेरीट बेस्ड फाइलका आधारमा प्रकृया अगाडि बढाउने ।

६) बुक बिल्डिंग प्रणाली दिगो एवं पारदर्शी रूपमा संचालनमा ल्याउनका लागि अन्तराष्ट्रियरूपमा प्रयोगमा रहेको एईएएस तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्रयाउने ।

७) सार्वजनिक निष्काशनमा स्वच्छ तथा पारदर्शी प्रणाली लागू गरी ठुला ठुला युटीलिटीज कम्पनी र व्यवसायिकरूपमा सफल तथा स्थापित अन्य कम्पनीहरूलाई धितोपत्र बजारमा सूचीकरण गराई सोमा सर्वसाधारणको स्वामित्व बढाउनुका साथै बजार विस्तार तथा सन्तुलन मिलाउने ।

८) पर्याप्त पुँजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राईभेट इक्विटी तथा भेञ्चर क्यापिटलको माध्यमबाट पुँजी तथा व्यवसयिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमतिपत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने ।

९) साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईज प्ल्याटफर्मका लागि आवश्यक कानुनीक व्यवस्था मिलाई व्यवसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आवद्ध गर्ने ।

१०) वस्तु विनिमय बजार संचालन व्यवस्था मिलाउने ।

११) बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने ।

१२) बजार सहभागीहरूको व्यवसायिक तथा कार्य क्षेत्र एवं स्तर अभिवृद्धि गर्ने ।

१३) प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने ।

यो समाचार शेयर गर्नुहोस्
892SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?