National life

पिपुल्स पावरको ५० प्रतिशत हकप्रद आजदेखि बिक्रीमा, कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
654Shares
पिपुल्स पावरको ५० प्रतिशत हकप्रद आजदेखि बिक्रीमा, कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले (आज) असार २२ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यस अनुसार कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

Royal Enfield
nic asia capital

हकप्रद निष्कासन प्रयोजनको लागि कम्पनीले असार २ गते बुक क्लोज गरिसकेको छ। तसर्थ असार १ गतेसम्म कायम शेयर धनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद सेयरमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई केयरएपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत रहेको जनाउँछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका इलाम, जाउलाखेल (ललितपुर), वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
654SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?