National life

मौद्रिक नीतिपछि शेयर बजारमा दोहोरो अंकले वृद्धि, ११ अर्ब ४१ करोड बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
521Shares
मौद्रिक नीतिपछि शेयर बजारमा दोहोरो अंकले वृद्धि, ११ अर्ब ४१ करोड बढीको कारोबार
ncell

काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन आज शेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार ३१.०८ अंकले बढेर २७६२.८८ को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड ६४ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ।

आज एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यस्तै, आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ३७ करोड १४ लाख ९९ हजार रुपैया बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको बुटवल पावर कम्पनीको ३२ करोड ८५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै उक्त दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ५३ लाख ५३ हजार रुपैंया, सानिमा बैंकको २५ करोड १८ लाख ३२ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २४ करोड ८८ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
521SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?