National life

रिलायन्स स्पिनिङको आईपीओ छानबिनका लागि धितोपत्र बोर्डद्वारा ३ सदस्यीय समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०४ पुस २०८२, शुक्रबार
1.1kShares
रिलायन्स स्पिनिङको आईपीओ छानबिनका लागि धितोपत्र बोर्डद्वारा ३ सदस्यीय समिति गठन
ncell

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सको सेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्दा अनियमितता भएको आशंकाबारे छानबिन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन सदस्यीय समिति बनाएको छ। अर्थ मन्त्रालयले सो प्रक्रियाको निष्पक्ष अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपछि सेबोनले समिति गठन गरेको हो।

धितोपत्र बोर्डको मङ्सिर ४ गतेको निर्णयअनुसार बोर्ड सदस्य बिनोद कुमार भट्टराईको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा बोर्ड सदस्य आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

छानबिन समितिलाई बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्दा अपनाइएका विधि, विद्यमान कानुनी व्यवस्था र प्रक्रियामा भएका सम्भावित त्रुटिहरूको सुक्ष्म अध्ययन गर्ने जिम्मेवारी दिइएको छ । आवश्यक परेमा सम्बन्धित क्षेत्रका विज्ञ वा अन्य व्यक्तिलाई समेत सहभागी गराई छानबिन अघि बढाउन समितिलाई अधिकार प्रदान गरिएको छ।

बुक बिल्डिङमार्फत निर्धारण गरिएको सेयर मूल्यलाई लिएर विवाद तथा उजुरी आएपछि अर्थ मन्त्रालयले गम्भीर चासो व्यक्त गर्दै सेबोनलाई पत्राचार गरेको थियो। समितिले पेश गर्ने प्रतिवेदनका आधारमा बोर्डले उक्त आईपीओ प्रक्रिया अघि बढाउने वा आवश्यक कारबाही गर्ने निर्णय लिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?