National life

समता घरेलु लघुवित्तले बोलायो वार्षिक साधारण सभा, यस्तो छ एजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
621Shares
समता घरेलु लघुवित्तले बोलायो वार्षिक साधारण सभा, यस्तो छ एजेण्डा
ncell

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो फागुन ११ गते वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलान्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव पारित गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधा बढाउन र प्रबन्त्रपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, चालू आवको वार्षिक कार्यक्रम, योजना तथा बजेटमाथि छलफल सहित अनुमोदन गर्ने र १ जना महिला सहित ४ जना संस्थापक र २ जना सर्वसाधारण सञ्चालकको निर्वाचन गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २४ गते बुक क्जोज गर्ने निर्णय गरेको छ। माघ २३ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?