काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा विभिन्न ११ वटा कम्पनीले कुल ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमाति मागेका छन् । १० वटा हाइड्रोपावर र एउटा विकास बैंकसहित कुल ११ वटा कम्पनीले ११ अर्ब १६ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेका हुन ।
यसमध्ये सबैभन्दा धेरै अरुण भ्यालीले १ बराबर १ को शेयर अनुपातमा कुल १ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ ।
त्यस्तै, ङादी ग्रुप पावरले पनि १ बराबर १ को शेयर अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद जारी गर्न निवेदन दिएको हो ।
नारायणी डेभलपमेन्ट बैंकले भने १०० रुपैयाँ अंकित मूल्यमा २६ लाख २४ हजार ६७६ कित्ता बराबरको हकप्रद जारी गर्न निवेदन पेश गरेको हो ।
आवेदन दिएका प्रायः सबै हाइड्रोपावर कम्पनीहरुले बैंकको कर्जा तिर्न र अन्य आयोजनामा लगानी गर्न हकप्रदको सहारा लिन खोजेका हुन् । यिनीहरुले विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरी साधारण सभाबाट पनि प्रस्ताव पारित भएपछि बोर्डमा थप प्रक्रिया अघि बढाउन अनुमति मागेका हुन् । धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र यी कम्पनीहरुले हकप्रद बिक्री खुला प्रक्रिया अघि बढाउनेछन् ।



































