National life

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँड,यसरी हेर्न सकिन्छ नतिजा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
552Shares
हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओ बाँडफाँड,यसरी हेर्न सकिन्छ नतिजा
ncell

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका आईपीओ बाँडफाँड भएको छ ।धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको आईपीओमा कुल १२ लाख ७० हजार ९९१ आवेदन परेको बिक्री प्रबन्धकले बताएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सोमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको छ भने ३ हजार २८२ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। यस अनुसार १ लाख २१ हजार ३८७ आवेदकले २० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये १० आवेदकले थप एक कित्ता अर्थात कुल २१ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ्गबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np/ बाट केही समयपश्चात हेर्न सकिनेछ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?