National life

नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थसमितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
662Shares
नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्स वितरण रोक्न अर्थसमितिको निर्देशन
ncell

काठमाडौं । अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको हो ।

त्यस्तै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरे नगरेको विषयमा समितिले छानविन गरी निष्कर्षमा नपुगेसम्म इजाजत सम्बन्धी सम्पुर्ण प्रकृयाँ तत्काल स्थगन गर्न नेपाल सरकार अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लाइसेन्स वितरणमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षबाट अनेक कोणबाट प्रश्न उठेको र सांसदहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनेर विषय उठान गरेको हुँदा तत्काल लाइसेन्स वितरण प्रक्रिया स्थगन गर्न समितिले निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, समितिको गत जेठ २ गते बसेको बैठकमा समेत गम्भीर रुपमा अध्ययन गर्नुपर्ने माग भएको बताएको छ ।

साथै पूँजी बजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदन २०७७ असार ३० गतेको पत्रबाट धितोपत्र बोर्डलाई कार्यान्वयनको लागि पठाइएको पृष्ठभूमिमा यस सम्बन्धमा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यानवयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्य कागजात र विवरण ५ दिनभित्र समितिमा आइपुग्ने गरी उपलब्ध गराउन धितोपत्र बोर्ड र अर्थमन्त्रालयलाई पत्र पठाइएको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
662SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?