National life

बुद्घभुमि नेपाल हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने ,बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
524Shares
बुद्घभुमि नेपाल हाईड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने ,बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
ncell

काठमाडौं । बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले भविष्यमा निष्काशन गर्ने हकप्रद शेयरको निष्काशनका लागि एन आई सी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आज अशोज २ गते कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखर कुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार क्यापिटलले बुद्घभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनको लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनुको साथै सम्बन्धित नियमनकारी निकायहरुमा हकप्रद शेयर निष्काशन प्रकृया अगाडी बढाउनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एन आई सी एशिया क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्काशन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन सम्बन्धमा आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग श्री दामोदर रायमाझीलाई मोवाइल नं.९८५११८४९७९ मा सोझै सम्पर्क गर्न सकिने समेत कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
524SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?