National life
cg eloctronics

६५ लाख लगानीकर्तालाई टीएमएस मोबाईल एपमा जोड्न स्टक ब्रोकरको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ चैत २०८१, शुक्रबार
944Shares
६५ लाख लगानीकर्तालाई टीएमएस मोबाईल एपमा जोड्न स्टक ब्रोकरको माग
muktinatha bikash bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका थिए । ‘अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेका छन्,’ भेटमा उनले भने, ‘उनीहरुले बर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएका छन् । तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनु पर्छ ।’ साथै तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजिकरणका साथै उनीहरुको हितमा काम गर्न आग्रह गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त बधाई तथा भेटघाट कार्यक्रममा नवनियुक्त सीईओ आफु निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । ‘मैले नेप्सेको गतिविधिबारे दैनिक रूपमा जानकारी लिइरहेको छु,’ उनले भने, ‘निकट भविष्यमा तपाईहरुले देख्नेगरी सुधारका कामहरु अघि बढाउने छु ।’

बधाई कार्यक्रममा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
944SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?