National life
cg eloctronics

संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्छः अध्यक्ष ढकाल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
1KShares
संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्छः अध्यक्ष ढकाल
muktinatha bikash bank

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् ।

विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक आपसमा मिलेर सगम्र पुँजी बजारको विकासमा लाग्नु पर्ने बताए । ‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो,’ नेपाल चेम्बर अफ कमर्सले एसवानका नयाँ कार्यसमितिलाई गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘उद्देश्य एउटै भएपछि सबै आर्थिक र व्यवसायीका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरुले नेतृत्व गर्ने संघसंगठन एक ठाउँमा उभिनुपर्छ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी अहिले नेपाली पुँजी बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए ।

‘अस्थिर नीतिका कारण अहिले सेयर बजारका लगानीकर्ताहरु मारमा परेका छन्,’ उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दिर्घकालिन नीति बनाउनु पर्छ, त्यसका लागि चेम्बर जस्ता संस्थाले सरकारसँग दरोसँग लविङ गर्नुपर्छ ।’ अहिले नेपाली पुँजी बजारमा सेयर खरिदबिक्री मात्र भैरहेको भन्दै अब बजारमा नयाँ प्रविधि सहितको बण्ड मार्केट, सर्टसेल, इन्ट्रा डे कारोबार, ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने उनको भनाई थियो ।

हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिमक, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुलाई बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा लगाईएको १५ प्रतिशतको क्याप हटाईनुपर्ने ढकालले बताए । बजारमा संस्थागत लगानीकर्ताको अभाव भैरहेको अहिलेको अवस्थामा बजारलाई थप चलायमान बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा सेयरबिक्री लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालको माग थियो ।

everest bank

ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न सकिने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । ुसेयर बजार भनेको कुनैपनि देशको अर्थतन्त्रको ऐना हो,ु उनले भने, ुकुनै पनि विदेशी लगानीकर्ताले सम्बन्धित देशको ब्लूचीप कम्पनीको अध्ययन गरेर देशको अर्थतन्त्रको बारेमा बुझ्छन् ।

साथै अहिले केही कम्पनीहरु सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफुतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै त्यसलाई सरकारले सुक्ष्म तरिकारले नियमन गर्नुपर्ने बताए । अहिले सेमर बजारमा म्यानुपुलेशन भेरहेको भन्दै त्यसमा समेत सजक हुनुपर्ने जानकारी दिए ।

यसैगरी चेम्वरका बरिष्ठ उपाध्यक्षे दिपक मलहोत्राले अहिले नेपालको पुजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै अवका दिनमा हरेक बर्ष लाभांस दिने कम्पनीको मात्र आइपीओ जारी गर्नुपर्ने बताए । अहिले कतिपय कम्पनीहरुले व्यालेन्ससीटलाई म्यानुपुलेशन गरे घाटामा रहेका कम्पनीको पनि आइपीओ जारी गर्ने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने बताए ।

पुँजी बजारमा लगानी गरेपछि कुनैपनि लगानीकर्ताले बार्षिक १० प्रतिशत प्रतिफल पाउने ग्यारेटी हुनुपर्छ र त्यस्ता कम्पनीलाई मात्र आइपीओ ल्याउन स्वीकृति दिनुपर्छ, उनले भने, अहिले जस्ता पनि कम्पनीको आइपीओ जारी गरेर बजारबाट पैसा उठाउने काम भएको छ त्यसालाई रोक्नुपर्छ । साथै अहिल साकारी नीतिका कारण पुँजीबजार पेनिक बनेको भन्दै सरकाको ध्यानाकषण गएएका छन ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?