National life

स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित,अन्य पदमा को-को आए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ मंसिर २०८१, शुक्रबार
1.1kShares
स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित,अन्य पदमा को-को आए ?
ncell

काठमाडौं । स्टक ब्रोकर एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ४५ मत ल्याउँदै ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

ढकालका प्रतिष्पर्धी राजकुमार तिमिल्सिनाले ४३ मत प्राप्त गरेका थिए । पुराना ब्रोकरको संघ र नयाँ ब्रोकरको संगठनबीच मर्ज पश्चात सम्पन्न भएको पहिलो निर्वाचनमा नयाँ ब्रोकरहरुका तर्फबाट चुनावी मैदानमा रहेका ढकालले बाजी मारेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ढकाल नेपालको पूँजीबजारमा नयाँ ब्रोकर हुन् । उपाध्यक्षमा भने नितेशकुमार अग्रवालले जित हासिल गरेका छन् ।

महासचिवमा भक्तिराम घिमिरे निर्वाचित भएका छन् भने सचिवमा विनय रेग्मी तथा कोषाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् ।

https://www.youtube.com/watch?v=ZKgVj8Pvx28&t=84s

निर्वाचित पदाधिकारीमध्ये सचिव विनय रेग्मीबाहेकका सबै सागर ढकाल प्यानलका हुन् । कार्यसमिति सदस्यमा जेलिना पौडेल, प्रियान्सु अग्रवाल, जयन्त श्रीवास्तव, अतितलाल श्रेष्ठ निर्वाचित भएका छन् । पौडेल र अग्रवाल तिमिल्सिना प्यानलका उम्मेद्वार हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?