National life

‘घरजग्गा कारोबार ल्यान्ड–मार्केटबाट गर्न ढिलाइ हुँदा झन् बिकराल समस्या आउँछ’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ पुस २०८०, सोमबार
885Shares
‘घरजग्गा कारोबार ल्यान्ड–मार्केटबाट गर्न ढिलाइ हुँदा झन् बिकराल समस्या आउँछ’
ncell

काठमाडौं । हालसम्म पनि नेपालमा घरजग्गा कारोबार व्यवस्थित, पारदर्शी र मर्यादित हुन सकेको अवस्था छैन । घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्र भन्दै सरकारले पनि विभिन्न चरणमा कडाइ गर्दै आएको छ ।

नेपालमा विभिन्न कालखण्डमा आएको प्राकृतिक विपत्तिको समयमा समेत चलायमान भएको घरजग्गा कारोबार अहिले अर्थतन्त्रमा देखिएको शिथिलताबाट प्रभावित बनेको छ । अर्थतन्त्रमा देखिएको सङ्कुचनले माग घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घरजग्गा कारोबार नहुँदा समस्या आएको व्यवसायीहरूको दुखेसो छ ।

मङ्सिर महिनामा देशभर ४१ हजार आठ सय ५१ सङ्ख्यामा घरजग्गा कारोबार भएको छ। यो अघिल्लो महिनाको तुलनामा ६० प्रतिशतले बढी हो। कात्तिकमा २६ हजार ४६ सङ्ख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।

तर असोज महिनाको तुलनामा मङ्सिरमा झन्डै आधा भाग बढी मात्रामा कारोबारमा कमी आएको छ । असोज महिनामा ४ अर्ब ८ करोड राजस्व सङ्कलन भएको थियो भने मङ्सिर महिनामा २ अर्ब ८६ करोड मात्रै राजस्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

यसै सन्दर्भमा घरजग्गा कारोबारमा देखिएको मन्दी र घरजग्गा क्षेत्रलाई कसरी व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीसँग आर्थिक भ्वाइस परिवारले संवाद गरेको छ । प्रस्तुत छ महासंघका अध्यक्ष भेषराज लोहनीको बिचार ।

मङ्सिर महिनाको आगमन भएसँगै घरजग्गाको कारोबारमा सुधार आउँछ भन्नेमा हामी आशावादी भएर बसेको अवस्था हो । कार्तिक महिनामा नेपालीहरुले मनाउँदै आएका ठुला चार्डपर्वहरु पर्ने भएका कारण स्वाभाविक रूपमा सार्वजनिक बिदा पनि धेरै हुन्छन् त्यस अर्थमा कारोबार समेत सुस्ताउने सामान्य थियो । सस्तो जग्गा धेरे कारोबार भएको कारण राजश्वमा समेत यसको असर परेको छ । अहिले महँगा जग्गा कारोबार हुन सकेको अवस्था छैन । सस्तो जग्गा कारोबार हुँदा राजश्व सङ्कलनमा क्षति पुग्न जान्छ । अहिले भएको यहीँ हो ।

तर मङ्सिर महिना पुरै सकिदा समेत घरजग्गा कारोबारमा खासै सुधार आएको अवस्था छैन । हामीले अपेक्षा राखे अनुसार कारोबार हुन नसक्नु वा घरजग्गा कारोबार चलायमान हुन सकिरहेको छैन । राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो पनि बढाएर कम्तीमा ७० प्रतिशत बनाउन पर्ने हाम्रो माग हो तर राष्ट्रबैकले साँघुरो नीति अवलम्बन गरेको कारण घरजग्गा कारोबारमा भनेजस्तो सुधार देखिएको छैन ।

ल्यान्ड–मार्केट सेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से)जस्तै व्यवस्थित घरजग्गा कारोबार गर्ने एक अवधारणा हो । घरजग्गा कारोबार ल्यान्ड–मार्केटबाट गर्न जति ढिलाइ हुँदै जान्छ त्यति नै मात्रामा घरजग्गाको कारोबारमा समस्या बिकराल बन्दै जान्छ ।

बजार यसरी खुम्चिनु वा कारोबार अगाडि बढ्न नसक्नुलाई हामीले प्रमुख २ कारणलाई हेर्दै विश्लेषण गर्दै आएका छौ ।
त्यही मध्यको पहिलो हो । होम लोन जुन मैले माथि पनि थोरै प्रसङ्ग उठाएको छु । लोन र आयस्रोतको मात्रा ५० प्रतिशतलाई मान्ने चलन छ । त्यसमा सरकारले गरेको व्यवस्था अनुसार ५० लाख सम्मलाई १० प्रतिशत थप गरेर ६० प्रतिशत कर्जा सीमा मान्ने प्रावधान बनाएको छ । यसमा ६० हैन शतप्रतिशत नै कर्जा सीमा हुनुपर्ने हाम्रो निरन्तरको माग हो ।

जस्तो कोही मान्छेले महिनाको एक लाख रुपैयाँ इएमआई तिर्नुपर्ने छ भने उसलाई २ लाख बराबरको आयस्रोत चाहिन्छ । अहिलेको व्यवस्था अनुसार अर्थात् २ लाख आयश्रोत भएको मान्छेको एक लाख मात्रै काउन्ट गर्न मिल्छ । यसकारण हामीले होम लोनलाई आयस्रोत बराबर नै काउन्ट गर्न पाउने व्यवस्था हुनुपर्छ भनेको थियौ ।

दोस्रो कसैले लोन लिन जादा उसको सम्पत्तिको मूल्य लेखाजोखा सरकारी मापदण्ड अनुसार हुन्छ । त्यसकारण हामीले कर्जा आम्दानी अनुपात ७० प्रतिशत पु¥याउन माग गरिरहेका छौँ ।

ल्यान्ड–मार्केट सेयर कारोबार हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से)जस्तै व्यवस्थित घरजग्गा कारोबार गर्ने एक अवधारणा हो । घरजग्गा कारोबार ल्यान्ड–मार्केटबाट गर्न जति ढिलाइ हुँदै जान्छ त्यति नै मात्रामा घरजग्गाको कारोबारमा समस्या बिकराल बन्दै जान्छ ।

अहिले बैंकको ब्याजदर घटाउने विषय जति चर्चामा छ, त्यसले घरजग्गाको कारोबारमा कही कतै सहयोग पुगेको छैन। राष्ट्रबैकले बाटो खुकुलो बनाइदिएको अवस्थामा मात्रै बैकले घरजग्गा कारोबारमा लगानी बढाउने हो तर राष्ट्रबैंकलेत्यसरी सोचेको देखिएन हामी अझै पनि आग्रह गर्छौ यो विषयमा राष्ट्रबैंक नेपाल सरकार सबै निर्मम भएर सोच्न आवश्यक छ ।

मङ्सिर महिनामा देश भरमा भएको घरजग्गाको कारोबारबारे हर्ने यहाँ क्लिक गर्नुहोस्

transaction8

यो समाचार शेयर गर्नुहोस्
885SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?