काठमाडौँ । सेयर लगानीकर्ता तिलक कोइरालाले सामाजिक सञ्जालमार्फत दुई फरक स्टाटस सार्वजनिक गर्दै वर्तमान पूँजीबजारको अवस्थाप्रति मिश्रित प्रतिक्रिया दिएका छन्।
उनले पहिलो स्टाटसमा “हाम्रा अर्थमन्त्री सर्वज्ञानी र महान हुनुहुन्छ, विश्वको नम्बर वान पूँजीबजार ‘मसानघाट’ बन्दैछ, धैर्य गरौं” भन्दै बजारप्रतिको असन्तुष्टि र व्यङ्ग्य व्यक्त गरेका छन्। यसलाई निरन्तर ओरालो लागेको बजार र लगानीकर्तामा बढ्दो निराशासँग जोडेर हेरिएको छ।
त्यसको केही समयपछि उनले अर्को स्टाटसमा भने “हुतिहारा लगानीकर्ताहरू रूवाबासी नगर, विज्ञ डा.
अर्थमन्त्रीले ५ वर्षमा All Time High बनाउँदैछन्, पर्ख” भन्दै सकारात्मक सन्देश दिन खोजेका छन्।
उनका यी दुई स्टाटसले बजारप्रति लगानीकर्तामा रहेको द्विविधा—एकातिर निराशा र अर्कोतिर आशा—दुवै अवस्थालाई उजागर गरेको देखिन्छ।

































