काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, अर्थात् एमडीएमएस प्रणाली आज सोमबारदेखि कार्यान्वयनमा आएको छ। नेपालमा हुने मोबाइल सेटको प्रयोग र आयातलाई व्यवस्थित बनाउन प्राधिकरणले आजदेखि एमडीएमएस प्रणाली कार्यन्वयनमा ल्याएको हो।
प्राधिकरणले आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने तयारी गरेको छ । चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् भनेर एमडीएमएस लागू गर्न लागिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत यसअघि कात्तिक ४ गते एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरुलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरु दर्ता गर्न भनेको थियो ।
सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरुमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो । सोही अनुसार प्राधिकरणले आजदेखि एमडीएमएस लागू गर्न लागेको हो ।
आफ्नो मोबाइल दर्ता भए- नभएको यसरी थाहा पाउनुहोस्:
अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।
के हो एमडीएमएस ?
प्राधिकरणका अनुसार ह्वाईट लिस्टमा प्रयोग गर्ना मिल्ने वैधानिक मोबाइल हुनेछन्।ग्रे लिस्टमा उजूरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद र ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने मोबाइलका आइएमइआई नम्बरहरु पर्नेछन्।
प्राधिकरणका अनुसार अवदेखि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको मोबाइलमात्र प्रयोग गर्न सकिनेछ। हराएका र चोरी भएका मोबाइल ट्रर्याकिङ र ब्लकिङ गर्न सकिनेछ। मोबाइल व्यवसायीहरूले फोन ल्याउदा एमडीएमएस प्रणालीको इम्पोटर्स पोर्टलबाट आइएमइआई नम्बर दर्ता गर्नुपर्छ।
क-कसले ल्याउन पाउँछन दुई वटा फोन ?
कसरी गर्ने दर्ता?
यस्तै, मोबाइल फोन दर्ता गर्न विमानस्थलमै एउटा डेस्क हुन्छ । त्यहाँ बसेका प्राविधिक कर्मचारीले दर्ता गर्ने प्रकृया पुरा गरेको निश्चित समयमा फोन चल्ने सूचना प्रविधि तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन्।
विदेशीबाट ल्याएका मोबाइल फोन मात्रै दर्ता गर्नु पर्छ । आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोन भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ ।
मोबाइल खरिद गर्नु अघि https://mdms.nta.gov.np/ वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरी सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनुपर्छ।


































