काठमाडौँ । नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन आज (सोमबार) ‘हेर्न नभ्याइने’ भएको छ।
यस अगाडि आज सुनुवाइ गर्ने भनी न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको रिट हेर्न नभ्याइनेमा लिष्टमा परेको छ ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि त्यस विरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, डा.
सुनिल रञ्जन सिंह, त्रिलोकबहादुर चन्द, रामकृष्ण बन्जारा, प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, परशुराम पाण्डे, भद्र प्रसाद नेपाल (स्वागत), अञ्जन धिताललगायतले रिट दायर गरेका हुन्।


































