काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लुम्बिनी प्रदेशमा ट्रायल दिँदा आफूले चाहेको सवारीसाधनको प्रयोग गर्न पाइने भएको छ ।
उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले विभागीय प्रमुखहरूलाई यसबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन्। लाइसेन्सका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन यसो गरेको राणाको भनाई छ ।
निजी वा आफूले चाहेको अन्य सवारी साधन ट्रायल दिँदा प्रयोग गर्न पाइने गरी निर्देशन दिइएको र सो निर्देशन कार्यालयमा गइसकेको राणाको भनाई छ ।
मन्त्री थापाले लुम्बिनी प्रदेशभित्र रहेका मापदण्ड नपुगेका ट्रायल सेन्टरहरूमा अनुगमन गरेर मापदण्डभित्र ल्याउन समेत निर्देशन दिइएका हुन् ।

































