National life

नेशनल लाइफ इन्स्योरेन्सले गर्याे स्मार्ट मोबाइल एपकाे सुरुवात

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०९ असोज २०८०, मङ्गलबार
647Shares
नेशनल लाइफ इन्स्योरेन्सले गर्याे स्मार्ट मोबाइल एपकाे सुरुवात
ncell

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ ।

कम्पनीले काठमाडौँमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोबाइल एपको शुभारम्भ गरिन् ।

मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरुले घरबाटै आफ्नो बीमालेख सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकोले कम्पनीको विश्वसनीयतामा अझ वृद्धि हुने विचार व्यक्त गरिन् ।

यसै गरी प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यावसायिक बनाउन थप लगानी गर्ने प्रतिबद्धता अनुरूप कम्पनीले स्मार्ट मोबाइल एप लन्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरूले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रबन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत सञ्जालको व्यवसाय साथै आफ्ना बीमितहरुको बीमालेख सम्बन्धमा आवश्यक जानकारी प्राप्त गर्न सकिने र एप मार्फत नै आफ्ना बीमितहरुलाई सम्पर्क गरी बीमालेख व्यतीत हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले एपको माध्यमबाट सहज रुपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढि सहयोग मिल्ने धारण राखेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा, देशैभरी रहेका प्रदेश एवं शाखा कार्यालयका प्रमुखहरू र वरिष्ठ अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?