National life

मेट लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक, यस्ता छन् सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
632Shares
मेट लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक, यस्ता छन् सुविधा
ncell

काठमाडौं । जीवन बीमा कम्पनी मेट लाइफ इन्स्योरेन्सले विद्युतिय प्रविधिमा आधारित जीवन बीमा गर्न उपयोगी मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले ओएनई (वान) नामक नयाँ मोबाईल एप सार्वजनिक गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाेटल मेरियटमा आयाेजित भव्य समाराेहका बीच मेट लाइफले नयाँ सुविधा सहितकाे एप्स सार्वजनिक गरेकाे हाे । बीमित, अभिकर्ता र अन्य सेवाग्राहीलाई एकै ठाउँबाट बीमा सम्बन्धी सबै सेवा लिन सक्ने भएका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा कम्पनीको नयाँ मोबाईल एप सार्वजनिक गएिको हो । सो कार्यक्रममा मेट लाइफको नेपालस्थित शाखा कार्यालयका सिईओ निर्मलकाजी श्रेष्ठले सबै अतिथिहरुको स्वागत गरेका थिए ।

मेट लाइफ इन्स्योरेन्स नेपालमा वान नामक नयाँ मोबाईल एप सार्वजनिक गरेसँगै जीवन बीमा झनै सहज र डिजिटल मैत्री हुने विश्वास लिएको कम्पनीले जनाएको छ । मेट लाइफको आफ्ना अभिकर्ता तथा बीमितहरुलाई अब मोबाईल एपबाटै जोड्न सजिलो हुने नयाँ एपको आजदेखि सुरुवात गरेको हो ।

१० महिनाको रिसर्च तथा परिक्षण पछि नयाँ मोबाईल एप सार्वजनिक गरिएको हाे । आम सर्वसाधारणले ढुक्क भएर बीमा सुविधा लिन सकिने कम्पनीले जनाएकाे छ ।

याे एप्समार्फत् बीमितले घरमै बसीबसी स्वास्थ्य बीमालेख खरिद गर्न सक्ने सुविधा उपलब्ध गराएकाे छ । थ्रीसिक्टी हेल्थ सेवा अन्तर्गत मेटलाइफले एउटै बीमालेख अन्तर्गत विभिन्न परिक्षणहरू, चिकित्सकीय परामर्श, औषधी उपचार, अस्पताल भर्ना लगायतकाे सेवा उपलब्ध गराएकाे छ ।

एप्सभित्र रहेकाे माइ लाइफ कार्ड प्रिभिलेजका माध्यमबाट बीमितले विभिन्न स्वास्थ्य स‌ंस्था, प्रयाेगशाला र चिकित्सककाे क्लिनिकमा उपचारका क्रममा सेवा शुल्कमा विशेष छुट प्राप्त गर्न सक्छन् । न्यूनत्तम ३ हजार रूपैयाँ वार्षिक बीमाशुल्क भुक्तानी गर्ने बीमितले ७ लाख रूपैयाँ बराबरसम्मकाे यस्ताे सुविधा पाउने कम्पनीले जनाएकाे छ ।

 

यो समाचार शेयर गर्नुहोस्
632SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?