National life

सामसङ ब्राण्डका स्मार्टफोनमा ब्राउजरमै च्याटजीपीटीको प्रयोग गर्न सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
752Shares
सामसङ ब्राण्डका स्मार्टफोनमा ब्राउजरमै च्याटजीपीटीको प्रयोग गर्न सकिने
ncell

एजेन्सी । सामसङ ब्राण्डका स्मार्टफोन प्रयोगकर्ताहरुले छिट्टै आफ्नै फोनमा एआई च्याटबट च्याटजीपीटीको प्रयोग गर्न सक्ने भएका छन् ।

कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो फोनमा हुने इन्टरनेट ब्राउजरमा नै यो एआईलाई एकीकृत (इन्टिग्रेट) गर्ने भएको हो ।

एन्ड्रोइड अथोरिटीको एक रिपिर्टकाअनुसार यो जानकारी सामसङको इन्टरनेट ब्राउजरको पछिल्लो संस्करणसँगै च्याटजीपीटी पनि एकीकृत भएर रहने देखिएको हो । रिपोर्टकाअनुसार सामसङले कुनै पनि किसिमको ब्राउजरमा च्याटजीपीटीलाई एकीकरण गर्न खोजिरहेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसो भएमा प्रयोगकर्ताले च्याटजीपीटीको वेबसाइटमा नगईकनै पनि यसको प्रयोग गर्न सक्नेछन् । इन्टीग्रेटेड रुपमा रहेपछि ब्राउजरकै प्रयोगमा पनि च्याटजिपिटिबाट जानकारीहरु लिने, लेख्न लगाउनेलगायतका कार्यहरु गराउन सकिनेछ ।

सामसङले पछिल्लो समय आफ्ना प्रयोगकर्ताहरुको अनुभवलाई थप परिस्कृत बनाउनका लागि एआईमा आधारित हुन सक्ने विशेषताहरुको खोजी गरिरहेको छ ।

ब्राउजरमा एआईको इन्टिग्रेसनदेखि फोटो खिच्दा पनि एआईको प्रयोगलगायतका कुराहरुमा सामसङले काम गरिरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?