National life

ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि डबल एकाउन्ट फिचर ल्याउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ कात्तिक २०८०, आइतबार
623Shares

काठमाडौं । मेटा कम्पनीको ईन्स्टेन्ट म्यासेजिंग एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि डबल एकाउन्ट फिचर ल्याउने भएको छ । कम्पनीकाअनुसार यो फिचरले एउटै फोनमा दुई वटा एकाउन्टहरु चलाउन सकिनेछ ।

दुई फरक फरक नम्बरको प्रयोग गरेर एउटै फोनमा रहेको एपमा दुई एकाउन्ट बनाउन सकिने कम्पनीले जनाएको छ ।

ह्वाट्सएपमा आउन लागेको यो फिचर मेटाका अन्य सामाजिक सञ्जालका एपहरु ईन्स्टाग्राम र फेसबुकमा जस्तै लगईन गर्ने सुविधामार्फत राखिने कम्पनीले जनाएको छ ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
जसअनुसार ह्वाट्सएपमा एकभन्दा बढि नम्बरबाट पनि लगईन गर्न सकिनेछ ।

मेगाका सीईओ मार्क जुकरबर्गले केही दिनअघि यो विषयमा जानकारी दिएका थिए । उनले फेसबुकमा स्टेटस राख्दै ह्वाट्सएपमा दुई वटा एकाउन्टहरु चलाउन सकिने फिचर ल्याईने र प्रयोग कर्ताले एकदेखि अर्को एकाउन्टमा सिफ्ट गर्न सक्ने जानकारी दिएका छन् ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?