National life

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
1.2kShares
हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने
ncell

काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

टेलिकमले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि यो सेवा सुरु गरिएको जनाएको हो।

अब नेपाल टेलिकमको फिजिकल वा ई–सिम हराएमा अथवा बिग्रिएमा सेवाग्राहीले esim.ntc.net.np मा लगइन गरी ’Apply for Lost/Damaged SIM’ विकल्पमार्फत आवश्यक विवरण भरेर नयाँ सिमका लागि आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रेस विज्ञप्तिअनुसार आवेदन प्रक्रिया पूरा गरेपछि ग्राहक स्वयं वा प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम प्राप्त गर्न सकिनेछ। नयाँ सिम लिन ५० शुल्क काउन्टरमै तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यदि ग्राहक स्वयं उपस्थित हुन नसके प्रतिनिधिको नाम आवेदन फाराममै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ।

नेपाल टेलिकमका अनुसार उक्त पोर्टलमार्फत हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिनुका साथै नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा परिवर्तन गर्न, नयाँ फिजिकल सिम लिन तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नसमेत सकिने सुविधा उपलब्ध छ।

नेपाल टेलिकमले यस सेवाले सिम प्रतिस्थापन प्रक्रियालाई थप सहज, छिटो र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?