National life

नेपाल टेलिकमको चेतावनी: अपरिचित SMS बाट बैंक/ConnectIPS ठगी बढ्दो

नेपाल टेलिकमले ग्राहकलाई निम्न सावधानी अपनाउन आग्रह गरेको छः

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|०३ असार २०८३, बुधबार
1.9kShares
नेपाल टेलिकमको चेतावनी: अपरिचित SMS बाट बैंक/ConnectIPS ठगी बढ्दो
ncell

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई लक्षित गर्दै हाल अपरिचित नम्बरबाट पठाइने ठगीपूर्ण SMS सन्देशहरू बढेको भन्दै सचेत रहन आग्रह गरेको छ।

टेलिकमका अनुसार केही व्यक्तिहरूले बैंक तथा ConnectIPS लगायतका डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी “खाता निलम्बित भएको” वा “अस्थायी रूपमा बन्द भएको” जस्ता झूटा सूचना पठाउँदै प्रयोगकर्तालाई शंकास्पद लिंक खोल्न प्रेरित गर्ने गरेका छन्।

यस्ता सन्देशहरूमा दिइएका लिंक खोल्दा प्रयोगकर्ताको गोप्य विवरण—जस्तै OTP, पासवर्ड, PIN वा CVV—चोर्ने प्रयास हुने जोखिम रहेको टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले ग्राहकलाई निम्न सावधानी अपनाउन आग्रह गरेको छः

  • अपरिचित नम्बरबाट आएको SMS मा रहेका लिंक नखोल्ने

  • OTP, पासवर्ड लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्ने

  • बैंक वा डिजिटल सेवासम्बन्धी जानकारी आधिकारिक वेबसाइट वा एपबाट मात्र पुष्टि गर्ने

  • शंकास्पद सन्देश वा कल तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउने

  • टेलिकमले आफ्नो SMS सेवा दुरुपयोग गरी यस्ता फिसिङ (phishing) गतिविधि भइरहेको उल्लेख गर्दै ग्राहक सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ।

    3 ad - 1
    3 ad - 2
    3 ad - 3
    Royal Enfield

    “अपरिचित सन्देशमा आउने लिंक नखोल्नुहोस्, सुरक्षित रहनुहोस्,” टेलिकमको आग्रह छ।

    यो समाचार शेयर गर्नुहोस्
    1.9kSHARES
    machhapuchhre
    shikhar insurance ad

    प्रतिक्रिया

    छुटाउनुभयो कि ?