National life

नेपाल टेलिकमले बढायो निःशुल्क सेवा, भदौ १४ गतेसम्म भ्वाइस, डेटा र एसएमएस

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२३ दिन अगाडि|११ भदौ २०८३, बिहिबार
1.3kShares
नेपाल टेलिकमले बढायो निःशुल्क सेवा, भदौ १४ गतेसम्म भ्वाइस, डेटा र एसएमएस
ncell

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क दूरसञ्चार सेवा थप तीन दिनका लागि विस्तार गरेको छ। अब प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीले भदौ १४ गतेसम्म निःशुल्क भ्वाइस कल, डेटा र एसएमएस सुविधा पाउने भएका छन्।

यसअघि टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म निःशुल्क भ्वाइस कल तथा दैनिक २ जीबी डेटा र ५० वटा एसएमएस उपलब्ध गराउने निर्णय गरेको थियो। सेवा अवधि थपिएसँगै उक्त सुविधा भदौ १४ गतेसम्म निरन्तर रहने टेलिकमले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा सकेसम्म नियमित राख्न टेलिकमले प्राविधिक टोली परिचालन गरिरहेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली निरन्तर खटिएको कम्पनीले जनाएको छ।

यसअघि भोटेकोशी तथा त्रिशूली नदीको बहाव तीव्र रूपमा बढेपछि टेलिकमले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन एसएमएसमार्फत आग्रह गरेको थियो।

टेलिकमले सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान र आवश्यक सावधानी अपनाउनसमेत सेवाग्राहीलाई अनुरोध गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?