National life
cg eloctronics

वर्ल्डलिङ्कको महिला सशक्तीकरणका लागि तिनदिने सीपमूलक तालिम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ असोज २०८३, सोमबार
1.2kShares
वर्ल्डलिङ्कको महिला सशक्तीकरणका लागि तिनदिने सीपमूलक तालिम सम्पन्न
muktinatha bikash bank

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व द्धारा सञ्चालित महिला सशक्तीकरण तथा आर्थिक स्थायित्व कार्यक्रम अन्र्तगत तिन दिने सीपमूलक तालिम ललितपुर महानगरपालिका–२७, सुनाकोठीमा सम्पन्न भएको छ । जहां छहारी कृषि एकल महिला फर्मसँग आबद्ध ३५जना महिलाहरुको सक्रिय सहभागिता रहेको थियो ।

तालिमको समापन समारोहमा ललितपुर महानगरपालिका–२७ का वडा अध्यक्ष, वडामा कार्यरत कर्मचारी तथा अन्य सम्बन्धित सरोकारवालाहरूको उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हार्पिक तयारी सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। तालिमले महिलालाई सीप विकाससँगै आयआर्जन तथा साना उद्यमतर्फ अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्य राखेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

वर्ल्डलिङ्ककी संस्थागत सामाजिक उत्तरदायित्व निर्देशक तथा प्रमोटर सेयरहोल्डर अनुपा भण्डारी जालानले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा प्रयोग गर्दै आर्थिक आत्मनिर्भरतासँग जोड्नुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, महिलालाई सीप प्रदान गर्नु आत्मनिर्भर बन्ने अवसर सिर्जना गर्नु हो। सिकेको सीपलाई उत्पादन तथा आयआर्जनका अवसरसँग जोड्न सकेमा मात्र तालिमको वास्तविक प्रभाव देखिने विश्वास व्यक्त गर्नुभयो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?