National life

विद्युतीय कारोबारमा विशेष सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ मंसिर २०८१, मङ्गलबार
665Shares
विद्युतीय कारोबारमा विशेष सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह
ncell

काठमाडौं। विद्युतीय कारोबारमा सावधानी अपनाउन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै विद्युतीय कारोबारमा सुरक्षित र सजगता अपनाउन आग्रह गरेको हो ।

‘विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरूबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुन सक्छ’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ एप, डिजिटल वालेट जस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठिक रहे-नरहेको एकिन गर्न आग्रह गरेको छ।

साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटिपि, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरू कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न राष्ट्र बैंकले सुझाव दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
665SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?