National life

सामसुङका मोबाइल किस्ताबन्दीमा खरिद गर्न सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
685Shares
सामसुङका मोबाइल किस्ताबन्दीमा खरिद गर्न सकिने
ncell

काठमाडौँ । सामसुङले इन्स्टा फाइनान्स सेवा सञ्चालनमा ल्याएको छ । यो सँगै ग्राहकलाई १ घण्टामै किस्ताबन्दीमा मोबाइल खरिद गर्न सकिने भएको हो ।

सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सुङजुङ पार्कले नेपालमा इएमआई योजना सार्वजनिक गरेका छन् । उनले सामसुङका मोबाइल खरिद गर्दा बैंकमा जानुपर्ने अप्ठेरो हटेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्राहकले सामसुङका आउटलेटबाट सहजै फाइनान्समा मोबाइल खरिद गर्न सकिने बताए ।

त्यस्तै निर्देशक प्रणिरत्न स्थापितले स्मार्ट फोन अत्यावश्यक भएको बताए । उनले बैंकिङ फाइनान्स गर्दा धेरै झन्झट रहेको बताए । जसमा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने उनले बताए । यो योजना २५ हजारमाथिका मोबाइलमा लागू हुन्छ । ३ महिना देखि १ वर्षसम्मको किस्ताबन्दीमा मोबाइल ल्याएको हो ।

खरिदकर्ताले नागरिकता र ग्यारेन्टीको नागरिकता र आम्दानीको स्रोत देखाउनु पर्छ । किस्तामा खरिद गर्दा ब्याज लाग्दैन ।

यो सेवा २० शहरको २०० भन्दा बढी पसलमा लागू भएको छ ।

गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हुलास फिन सर्भिस लिमिटेडले १ घण्टामा सेवा दिने बताए । ग्राहकको मोबाइल खरिद क्षमता बढाउन यो योजना ल्याएको उनले बताए । इस्टा फाइनान्सको लागि ४ अर्ब रूपैयाँ प्रयोग हुने बताइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?