National life

अझै टिकटक चलिरहेको भए खबर गर्न प्राधिकरणको आग्रह,निर्णय कार्यान्यनको लागि समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ मंसिर २०८०, शनिबार
641Shares
अझै टिकटक चलिरहेको भए खबर गर्न प्राधिकरणको आग्रह,निर्णय कार्यान्यनको लागि समिति गठन
ncell

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए प्राधिकरणलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक नचल्ने बनाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्राधिकरणले अझै कहिँ कतै चलेको पाइएमा त्यसबारे जानकारी गराउन आग्रह गरेको हो।

‘यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना content@nta.gov.np मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले भनेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक प्रबिन्धन लगाउने निर्णय गरेको थियो। सो निर्णपछि टिकटक कम्पनीले पनि नेपाल सरकारलाई पत्र लेख्दै कारण खोजेको थियो। यसबारे दूरसञ्चार प्राधिकरणले पनि जवाफी पत्र पठाइसकेको छ।

प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ ।

दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन् ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो ।

प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पनि पठाएर टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनमा सहयोगका लागि आग्रह गरिएको छ ।

टिकटकलाई बन्द गर्ने सरकारो निर्णयविरुद्ध शुक्रबार नै सर्वोच्च अदालतमा १० वटा निवेदन परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?