काठमाडौँ। दुई साताभित्रै कुखुराको अन्डाको भाउ घटेको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।
सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ६५ रुपैयाँले, ठूलो (लार्ज) प्रतिक्रेट ८० रुपैयाँले र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ३५ रुपैयाँले घटेको छ ।
ससँगै सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ४६० रुपैयाँ, ठूलो (लार्ज) प्रतिक्रेट ४३० रुपैयाँ र मध्यम साइजको अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ कायम भएको संघले जनाएको छ ।
यसअघि गत भदौ १३ भदौ गते पनि अण्डाको मूल्य घटेको थियो ।
यसअघि गत भदौ १३ गते सबैभन्दा ठूलो (एक्सएल)को प्रतिक्रेट मूल्य ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।
अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ ।


































