National life

अधिक तरलता नियन्त्रण गर्न आज ५० अर्ब उठाउने तयारीमा राष्ट्र बैंक, ३ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०८ चैत २०८२, आइतबार
747Shares
अधिक तरलता नियन्त्रण गर्न आज ५० अर्ब उठाउने तयारीमा राष्ट्र बैंक, ३ बजे बोलकबोल
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न आइतबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले १४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाइएको छ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा आह्वान गरिएको कुल रकमभित्र रही ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस निक्षेप संकलनमा ब्याजदर प्रतिस्पर्धात्मक आधारमा निर्धारण हुनेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्ने व्यवस्था पनि खुला गरिएको छ। उक्त उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आउँदो चैत २२ गते गर्ने जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?