National life

अनियमितता प्रमाणित भए राजनीतिबाट राजीनामा दिन्छु : गृहमन्त्री लेखक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० जेठ २०८२, शनिबार
1.2kShares
अनियमितता प्रमाणित भए राजनीतिबाट राजीनामा दिन्छु : गृहमन्त्री लेखक
ncell

काठमाडौं। गृहमन्त्री रमेश लेखकले आफ्नोविरुद्धमा नियोजित रुपमा षड्यन्त्र भइरहेको बताएका छन् । उनले भिजिट भिसा प्रकरणमामात्रै नभएर आफनो राजनीतिक र सार्वजनिक जीवनमा कुनै पनि खालका आर्थिक अनियमितता प्रमाणित भएको खण्डमा मन्त्री पदबाट मात्रै नभएर राजनीतिबाटै राजीनामा दिने बताए ।

‘मेराविरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा एउटामात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’– उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आफूमाथि उठेका प्रश्नको जवाफ दिन आगामी जेठ १३ गते प्रतिनिधिसभामा समय माग गरेको उनले बताए । विस्तृत कुरा प्रतिनिधिसभामा नै बताउने उनले सुनाए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?